+
+
Shares

कोरिया पठाउन माग राख्दै ईपीएस कार्यालयमा आज पनि धर्ना

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउन माग गर्दै प्रदर्शन गरिएको छ।
  • दुई वर्षअघि भाषा परीक्षा पास गरेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै आन्दोलन सुरु गरेका छन्।
  • सन् २०२५ मा १७ हजार ३० जना भाषा परीक्षा पास गरेका मध्ये अधिकांशले अहिलेसम्म कोरिया जाने करार सम्झौता पाएका छैनन्।

१७ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

दुई महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको भए पनि सरकारले आवश्यक प्रक्रियाअगाडि नबढाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरिएको बताएका छन् ।

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण आन्दोलनमा उत्रिएको भाषा परीक्षा पास गरेका नुवाकोटाका युवा राजन ढुंगानाले बताए ।

उनले कोरीयाको मागभन्दा बढी जनाको आवेदन खुलाएको कारण मेहनती युवाहरुले अवसर नपाएको गुनासो गरे । उनले राज्यले रोजगारीका लागि कोरिया पठाउने प्रक्रियाअगाडि नबढाएर समस्यामा पारेको बताए ।

सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?