Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तको निवास परिसरमा विस्फोट

फाइल फोटो

९ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवास परिसरमा बम विस्फोट भएको छ ।

धापाखेलस्थित निवासलाई लक्षित गराएर भएको विस्फोटबाट झ्यालका सिसाहरु फुटेका छन् । कमाउण्ड पर्खालमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment