Comments Add Comment

इन्धन चोरी नियन्त्रण गर्न ट्यांकरमा ताला

पहिलो चरणमा आईओसीदेखि एनओसी र दोश्रो चरणमा एनओसीदेखि डिलर बिक्रेतासम्म

११ वैशाख, बुटवल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्नका लागि इन्धन ओसार्ने ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरेको छ ।

पहिलो चरणमा भारतको सिलिगुडीबाट नेपाल आयात हुने इन्धन बोक्ने ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरेको हो ।

रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगम भलबारी डिपोमा एक कार्यक्र मबीच लकिङ प्रणाली शुभारम्भ गरिएको हो ।

भारतको सिलिगुडीबाट इन्धन बोकेर नेपाल भित्रिने सबै ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतले भलबारी डिपोको भण्डारन क्षमता बिस्तार गरिने उल्लेख गरे । ‘पछिल्लो समय बीच बाटोमै इन्धन चोरी हुनेक्रम बढको छ,अब पूर्णतया बन्देज हुनेछ ।’ उनले भने ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसँगको सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली शुभारम्भ गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

सोही अध्ययन प्रतिवेदनको सुझावअनुसार पहिलो चरणमा सिलिगुडीबाट भित्रिने ट्याङ्करमा सो प्रणाली लागू गर्ने निर्णय गरिएको निगमले बताएको छ ।

लकिङ प्रणाली लागू हुँदा आगामी दिनमा ट्यांकरबाट हुने इन्धन चोरी, चुहावट पुरै नियन्त्रणमा आउनेछ । यसअघिको शिललाई परिमार्जन गरेर लकिङ प्रणाली (बलियो शिल सहितको चाबी ) शुरु गरिएको हो ।

लकिङ प्रणाली सजिलै फुटाउन सकिदैन र यो नखोली तेल निकाल्न मिल्दैन त्यसैले यस्को प्रभाबकारिता बढी देखिने अनुमान गरिएको छ ।

लकिङ प्रणालीको तालाको साँचो आईओसीसँग र निगमसँग मात्रै

लकिङ प्रणालीको तालाको साँचो आईओसीसँग र निगमसँग मात्रै हुनेहुँदा चोरी पैठारी रोकिन्छ । आइओसीका कमर्सियल डिपार्टमेन्ट चिफ एसएस बोसले यसबाट तेल चोरी बन्द हुने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले यसलाई सबैलाई पालना गर्नुपर्ने र कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक हुने बताए ।

नेपाल आयल निगम भलबारी क्षेत्रीय (प्रदेश ५) डिपोका प्रमुख अशोक शाहले यो प्रणलीलाई जेठ ३१ सम्म सबै ट्यांकरले अनिबार्य जडान गर्नुपर्ने नगरेमा तेल ढुवानी गर्न नै नपाउने बताए । उनले डिपोबाट अन्यत्र लैजानका लागि पनि अब लकिङ प्रणाली आबश्यक हुने बताए ।

निगमले अबको १५ दिनभित्र भैरहवा नाका हुँदै आइओसीको गोन्डा डिपो र नेपालगन्ज नाका हुँदै आइओसीको बेतालपुर डिपोबाट ल्याउने तेलका ट्यांकरमा पनि यसरी ताला लगाउने तयारी गरेको निगमले जनाएको छ ।

निगमका अनुसार हाल १ हजार ५ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आइरहेका छन् । भलबारी डिपोले ८ जिल्लाका २७० डिपोमा इन्धन पुर्‍याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment