+
+

पार्टी एकताको मिति वैशाख १४ मा तोकिन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १७:५४
फाइल फोटो

११, वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख १४ गते पार्टी एकीकरणको नयाँ मिति घोषणा गरिने बताएका छन् ।

पार्टी एकता तोकिएको मितिमा नभई अप्रत्यासित रुपमा ड्याम्मै हुने बताएका अध्यक्ष प्रचण्डले मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै नयाँ मिति तोकिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले मजदुर दिवसका दिनमा पार्टी एकता हुने संकेत गरे । उनले पार्टी एकीकरणमा कुनै जटिलता नभएको भन्दै दुई अध्यक्षको व्यस्तताले गर्दा एकीकरणमा ढिलाइ भएको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘एकीकरणमा कुनै जटिलता छैन, दुई अध्यक्षले प्रशस्त समय निकाल्यौं भने छिट्टै टुंगोमा पुग्छौं ।’ अध्यक्ष प्रचण्डले हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा समय छदा नै सोचेर अघि बढ्नु राम्रो हुने बताए । वैशाख महिनाभित्रै एकीकरण हुने दाबी अध्यक्ष प्रचण्डको छ ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘पहिला केपीजी जानुभयो, सम्बन्ध केही सुधार भएको छ, अब मोदी आउनुहुन्छ त्यसले थप राम्रो हुन्छ । हामी सबैसँग समान सम्बन्ध समानताका आधारमा बनाउन चाहन्छौं’ अध्यक्ष प्रचण्डले भने, ‘मोदी जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले दुई देशबीचको सम्बन्ध अझैं सुमधुर हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?