+
+

कछुवा संरक्षणको माग गर्दै हेटौंडामा र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते २१:३९

१० जेठ, काठमाडौं । कछुवा संरक्षणको माग गर्दै हेटौंडामा र्‍याली निकालिएको छ । वाइल्डलाइफ कन्जर्भेसन एण्ड रिसर्च एण्डेभर (वाइल्ड केयर) नेपालले विश्व कछुवा दिवसको असर पारेर बिहीबार हेटौंडामा संरक्षण सचेतना र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले कछुवा स्टिकर तथा पोस्टकार्डहरु लिएर संरक्षणको सन्देशसहित नारा लगाएका थिए । फरेस्ट्री कलेजको मुख्य प्रवेशद्वारबाट सुरु भएको र्‍याली झण्डा चोक, बुद्ध चोक हुँदै फरेस्ट्री कलेजको प्रवेशद्वारमा आएर टुंगिएको थियो ।

कछुवा सम्बन्धी जानकारी र त्यसको संरक्षणको महत्व जनाउने उद्देश्यले हरेक वर्ष २३ मेमा विश्व कछुवा दिवस मनाउने गरिन्छ । सोही दिवसको सन्दर्भमा वाइल्ड केयरले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा सचेतनामूलक कार्यक्रम पनि गरेको थियो ।

कछुवा प्रजातिहरू विश्वमा सबैभन्दा धेरै खतरामा रहेका जीवहरूमा पर्छन् । कछुवाका आधाजसो प्रजातिहरू कुनै न कुनै हिसाबले लोपको खतरामा रहेको अनुसन्धानर्ता रमा मिश्र बताउँछिन् । उनी भन्छिन्,’नेपालमा पाइने १७ प्रजातिका कछुवाहरूमध्ये ठोटरी भनिने एलोन्गेटेड टोर्टोइज मात्र जीवनमा पाउँछ यो अति संकटापन्न जीवमा पर्छ ।’ मासु, अवैध चोरी शिकारी र घरपालुवा जीवको रूपमा प्रयोग हुँदा संख्या घट्दो छ ।

वाइल्ड केयरका अनुसन्धानकर्ता सविन अधिकारीका अनुसार कछुवा ढिलो वयस्क हुने जीव भएकाले यसको अधिक उपभोगले संख्यामा ठूलो प्रभाव पार्ने गर्छ । प्रकृतिमा कछुवाहरूले ४ देखि १०० सम्म अण्डा दिन सक्छन् तर थोरै मात्र वयस्क अवस्थासम्म पुग्ने उनले बताए ।

नेपालको कानुनले कछुवा पालन गर्न, बेच्‍न र मार्न बन्देज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?