Comments Add Comment

ठूली भइन् रविनाकी छोरी, दुरुस्त आमाजस्तै छिन्

९० को दशकमा बलिउडकी सुन्दरतम अभिनेत्री मानिन्थिन् रविना टन्डन । बिहे गरेपछि उनी फिल्ममा निस्क्रिय भइन् ।

पछिल्लो समय रविना थडानीसँग विभिन्न इभेन्टहरुमा ठ्याक्कै उनीजस्तै अनुहार भएकी किशारीलाई देख्न सकिन्छ । यी किशोरी हुन् रविनाकी छोरी राशा । रविनाका १ छोरा र  ३ छोरीमध्ये उनी जेठी सन्तान हुन् ।

राशा अहिले १३ वर्षकी भइन् । अहिले पूर्णरुपमा आफ्नो पढाईमा केन्दि्रत छिन् । यद्यपि, फिल्मी इभेन्टहरुमा उनी आमाको साथमा पुगिरहेकी हुन्छिन् । उनको अनुहारमा मात्र नभएर हाउभाउमा पनि आमाको झलक पाउन सकिन्छ । स्टार किड्स भनेपछि मरिहत्ते गर्ने भारतीय मिडियाहरुले अहिलेदेखि नै उनलाई पछ्याउन थालिसकेका छन् ।

रविनाको कुरा गर्दा उनी ९० को दशककी सफल अभिनेत्री थिइन् । उनको विभिन्न हिरोहरुसँग नाम जोडिएको थियो । सुपरहिट फिल्म ‘मोहरा’ मा काम गर्दा रविनाको अक्षय कुमारसँग लसपस रह्यो । तर, अक्षयले उनीजस्तै अनुहार भएकी अर्की हिरोइन् टि्वंकल खन्नासँग बिहे गरेपछि रविना हिस्स परिन् ।

अक्षयपछि उनी अजय देवगणसँग नजिकिइन् । यो जोडी फिल्म ‘दिलजले’ बाट हिट भएको थियो । तर, अजयसँग पनि उनको प्रेम सफल हुन सकेन ।

अन्ततः रविनाले सन् २००४ मा अनिल थडानीसँग घरजम गरिन् । उनीहरुको वैवाहिक जीवन सुखद रुपमा चलिहरेको छ । रविना पछिल्लो समय रियालिटी शोहरुमा जजको रुपमा देखिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment