Comments Add Comment

अखिल क्रान्तिकारीले वेपत्ता दिवस मनाउँदै, माइतीघरमा प्रदर्शन

१३ वैशाख, काठमाडौं । माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आज ‘विद्यार्थी वेपत्ता दिवस’ मनाउँदै छ । तत्कालीन महासचिव पूर्ण पौडेललाई राज्यपक्षले वेपत्ता बनाएको दिनको सम्झनामा क्रान्तिकारीले वैशाख १३ गतेलाई विद्यार्थी वेपत्ता दिवसको रुपमा मनाउने गर्दछ ।

दिवसको अवसरमा बिहीबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । वेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै कार्यक्रम गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

को हुन् पूर्ण पौडेल ?

द्वन्द्वकालमा वेपत्ता पारिएका पूर्ण पौडेल अखिल क्रान्तिकारीका सबैभन्दा उच्चस्तरका नेता हुन् । उनलाई २०५९ वैशाख १३ गते उनलाई सुरक्षाकर्मीले पक्राउ गरी वेपत्ता बनाएका हुन् ।

चितवनमा जन्मिएका पूर्णको स्थायी ठेगाना भने कास्कीको पोखरा उपमहानगरपालिका नयाँ बजार हो । ०४९ सालमा अनेरास्ववियुको कास्की जिल्ला अध्यक्ष बनेका उनी ०५२ सालमा अखिल क्रान्तिकारीको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका थिए ।

०५५ सालमा बाग्लुङ र म्याग्दी कार्यक्षेत्र बनाएर क्रियाशील रहेका उनी ०५७ सालमा अखिल क्रान्तिकारीको महासचिव भएपछि काठमाडौंमा रहेर विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment