+
+

निर्देशक सविरप्रति निर्मात्री उमाको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १३ गते १२:३७


चलचित्र ‘कहि कतै’को घोषणा भएको लामै समय भैसक्यो । तर, चलचित्रको काम बल्ल सकेर यसकी निर्मात्री उमा बेबीले प्रदर्शन मिति तय गरेकी छिन् । साउनको अन्तिम साता यो चलचित्र रिलिज हुनेछ ।

यो चलचित्रमा उमाले आफ्नै छोरी सिवानी गिरीलाई नायिका बनाएकी छिन् । चलचित्रको घोषणा कार्यक्रममा एउटा उत्कृष्ट चलचित्र बनाउने बताएका निर्देशक सविर श्रेष्ठले पछि यसको काममा ध्यान दिएनन् । यसैले पनि चलचित्र रिलिज हुन समय लागेको भन्दै निर्मात्री तथा कलाकार उमा बेबीले काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा आक्रोश पोखिन् ।

उनले आक्रोशित हुँदै भनिन्-‘एउटा निर्देशकको काम चलचित्रको छायांकन सक्नु मात्र होइन । उसले, चलचित्रको रिलिजसम्म दायित्व बोक्नुपर्छ । तर, निर्देशक सविरजीले यो दायित्वबाट आफूलाई पर राख्नुभयो । यसले मलाई निकै दुखी बनाएको छ ।’ उनले सविरलाई ‘स्वार्थी निर्देशक’ समेत भन्न भ्याइन् । सविरले, एकपटक जानकारी नै नदिई छायांकन छाडेर हिडेको समेत उमाले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

चलचित्रको पत्रकार सम्मेलनमा यसका कलाकार दीलिप रायमाझी र निर्देशक सविर श्रेष्ठ उपस्थित हुने भनेपनि भएनन् । निर्देशक विना नै चलचित्रको निर्माणलाई अगाडि बढाइरहेकी उमाले सविरको यस्तो क्रियाकलापप्रति आक्रोश पोखेकी हुन् । निर्देशक सविरले किन चलचित्रलाई बिचबाट मत्तलव गरेनन् यो भने खुलेको छैन । तर, निर्माता र निर्देशकविच ठूलै असन्तुष्टी भएको उमाको भनाइबाट पनि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?