Comments Add Comment

देशलाई अस्थिरतामा धकेल्ने तत्व सक्रियः गृहमन्त्री थापा

'यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बन्छ'

१४ वैशाख, रुपन्देही । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाड्ने बताएका छन् । मन्त्री थापाले यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउने पनि बताए ।

लुम्बिनी प्रेस क्लव भैरहवाले शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री थापाले भने, ‘सिण्डिकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सुरुआत गरिन्छ, ढुक्क हुनुस् ।’

देशलाई अस्थिरतातर्फ धकेल्न केही तत्व सक्रिय भएको बताउँदै उनले त्यस्ता तत्वलाई खोजी-खोजी कार्वाही गर्ने बताए ।

अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्नका लागि केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको उनले बताए । गृहमन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटनालाई पूर्ण रुपमा रोक्ने जिकिर गरे ।

सरकारले नेपाली जनताको शान्ति सुरक्षा र बिकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको उनको भनाइ छ ।

गृहमन्त्री थापा प्रदेश ५ को सुरक्षा गोष्ठीमा सहभागी हुन रुपन्देही आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment