Comments Add Comment

गुल्मी सदरमुकाका सडकको दुरावस्थाः दुई वर्षअघि भत्केका सडक अझै मर्मत भएनन्

१४ वैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारमा कालोपत्रे सडक भत्किंदै जान थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्किए पनि मर्मत नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

सडक भत्किएको धेरै समय भइसक्दा पनि जार क्षेत्रमा पानी पर्दा खाल्डाहरुका पानी र घाम लाग्दा धुलो उडने गर्दछ ।

सदरमुकामको बजार क्षेत्रमै बजारवासीले कतिपय स्थानमा पक्की सडक खनेर खानेपानी पाइप लाइन लैजाने र राम्रोसँग मर्मत नगर्नाले पनि थप सडक जीर्ण बन्दै गएको छ ।

जिल्लाको गौरबका रुपमा रहेको तम्घास बजारमा आउने जानेले बजारमा रहेको पक्की सडक भत्कीएका ठाउँमा ध्यान नजानुले दुर्गम दुरदराजमा झनै सरोकारवालाको ध्यान कसरी जाला भनेर प्रश्न समेत गर्ने गरेका छन् ।

तम्घास बजार क्षेत्रमा रहेको पक्की बाटो भत्किएसँगै सवारीसाधानहरुलाई आवतजावत गर्न जोखिम बढ्नुका साथै बजार क्षेत्रको सुन्दरता समेत हराउँदै जान थालेको छ ।

सडक भत्किएका ठाउँमा पैदल हिँड्न समेत समस्या पर्ने गरेको छ । खाल्डाखुल्डी भएको स्थानमा सवारीसाधनहरु तर्काएर हिडदा पैदल हिनेहरुलाई पनि जोखिम बढ्ने गरेको हो ।

तम्घास बजार क्षेत्रको मुख्य बजार क्षेत्र उदिन ढुंगादेखि बसपार्क हुँदै भगवती मन्दिरसम्मको सडकमा ठाउँठाउँमा पक्कीबाटो भत्किनुका साथै खाल्डाखुल्डी बन्दै गएपछि सडक जीर्ण बन्दै गएको हो ।

बजारमै मोटरसाइकलहरु निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था रहेको स्थानीय जनक पन्थले बताए । बजार क्षेत्र सडक भत्किएको लामो समय हुँदासमेत ध्यान नदिनु दुःखद पक्ष रहेको उनको भनाइ छ ।

सदरमुकाम समेत रहेको बजार क्षेत्र जिल्लाको लागि ऐना जस्तै रहेकाले यस बजार क्षेत्रमा रहेका भत्किएका पक्की सड्कहरु मर्मतमा सम्बन्धित पक्षको ध्यान जान जरुरी रहेको बताए ।

बजार क्षेत्रमा रहेको पक्की सड्क,बिद्युत अनियमिता र खानेपानीको समस्याहरुलाई समधान गर्न नगरपालिकालाई ध्यानकर्षण गराएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रासद पाण्डेयले बताए ।

नगरपालिलाई बाणिज्य संघ सहित,सुशासन अभियान, नागरिक समाज सहितको टोलीले बजार क्षेत्रमा भत्कीएका पक्की सड्क यथासिघ्र मर्मत आग्रह गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

अनियमित बिद्युत हुँदा खानेपानीमा समेत समस्या पर्ने हुँदा नियमित बिद्युत आपूर्तिको लागि पनि नगरलाई ध्यानकषर्ण गराइरहेको अध्यक्ष पाण्डेयको भनाइ छ । बजारमै धेरै ठाउँ सडक भत्किदा स्थानीयले धेरै गुनासो गरेको अध्यक्ष पाण्डेयलको भनाइ थियो ।

नगरपालिकालाई छिटो मर्मत गर्न भन्दै गएको टोलीलाई नगरप्रमुखले ४० लाख बिनियोजन गरेर ठेक्का गरिएको बताएका थिए । रेसुङ्गा नगरपालिका भित्र पर्ने बजार क्षेत्रमा भत्किएको सडकबारे नगरपालिकाको ध्यान गएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।

‘नगरपालिकाको तर्फबाट तत्कालै काम गर्ने गरी बजेट छुट्टाएइएको छ,’नगर प्रमुख भुसालले भने , ‘बैशाख अन्तिम सातासम्म काम सम्पन्न गर्ने तयारीमा छौं ।’

तम्घास बजार सुन्दर सफा सहर बनाउनको लागि अरु धेरै कामहरु पनि निरन्तर काम हुँदै जाने क्रममा रहेको नगर प्रमुख भुसालले बताए ।

तम्घास बजार क्षेत्रमा झण्डै २ वर्ष अघिदेखि बजार क्षेत्रमा पक्की सडक भत्किनेक्रम बढेको छ ।

बजार क्षेत्रमा कतिपय नयाँ घर बनाउनेहरुले खानेपानीको पाइप खन्ने गर्नाले पनि सडकको अबस्था झनै जीर्ण बन्दै भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment