+
+

नयाँ वर्षको अवसरमा ब्रिस्बेनमा भेटघाट

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १६:३४

ब्रिसबेन । नयाँ बर्ष २०७५ को अबसरमा जनसम्पर्क समिति कुइँस्ल्याण्डको आयोजनामा शुभकामना आदनप्रादन एवंम भेटघाट कार्यक्रम बिहीबार ब्रिसबेनमा सम्पन्न भयो भएको छ ।

हालै अष्ट्रेलियामा दर्ता भएको नेपाली कांग्रेस निकट जनसम्पर्क समितिका संयोजक अभिमन्यू के।सीको सभापतित्वमा चेर्मसाईड पार्कमा आयोजित भेलाको संयोजन तथा संचालन संस्थाका सचिब बसन्त पौडेलले गरेका थिए ।

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा १ मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा समितिको साधारण सदस्य बितरण, भाबी कार्यक्रम एबम नेपालको समसामायिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा संस्थाको आगामी कार्यक्रम र उद्देश्य बारे प्रकाश पार्दै संयोजक अभिमन्यू के।सीले आफूहरु अष्ट्रेलियाको नेपाली समाजमा अनावश्यक राजनीति गर्ने पक्षमा नरहेको तर नेपालको पृष्‍ठभूमिमा समान विचार भएका साथीहरु मिलेर संगठित भइ प्रवासी नेपाली समाजको सुख, दुस्खको साथी हुन चाहेको बताए ।

अष्ट्रेलियाका पुराना नेपाली पत्रकार डाक्टर भरतराज पौडेलले नेपाली राजनीतिक पार्टीको संगठन प्रवासमा बढ्दै गएपनि आस्था र विचारका आधारमा यस्ता संस्थाहरुले समाजमा बिभाजन गर्ने काम नगर्न सल्लाह दिएका थिए ।

झन्डै एक सय जना उपस्थित यो संस्थाले अष्ट्रेलियाको नेपाली समाजको आगामी कार्यक्रमहरुमा हातेमालो गरेर बढ्नुपर्ने धारणा सहभागीहरुको थियो ।

कार्यममा एनआरएन अष्ट्रेलियाका महासचिव नारायण कोइराला, एनआरएन कुइँस्ल्याण्डका संयोजक सन्तोष कुँवर, एनआरएन अन्तर्राष्ट्रिय संयोजन समितिका कार्यसमिति सदस्य ईश्वर कुइकेल, एनआरएन कुइँस्ल्याण्डका पूर्वसंयोजक तथा ब्यबसायी स्वतन्त्र प्रताप शाह, स्थानीय समाजसेबी राजन कोइराला, रदिप थापा, आशिस भण्डारी, अचुत अधिकारी, दिपक कंडेल, डाक्टर सुदर्शन चालिसे र राजकुमार श्रेष्ठ लगायत समाजका अगुवाहरु, विद्यार्थी एबम स्थानीय ब्यबसायी र जनसम्पर्कका सदस्यहरु शुभकामना दिएका थिए ।

हालै बिधिबतरुपमा अष्ट्रेलियामा दर्ता भइ संचालनमा आएको जनम्सम्पर्क समिति कुइँस्ल्याण्डले आगामी जुना जुलाईताका अर्को भेला आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?