+
+
Shares

गगन थापाले भने : एमाले-माओवादी सच्चा कम्युनिष्ट होइनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १५ गते १:३०

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।

चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पाटीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे । एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको उनको दाबी छ ।

उनले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाए । नेता थापाले प्रदेश तथा स्थानीय तहमा ५ बर्षसम्म छायाँ सरकारको रुपमा काम गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘निर्वाचनमा भएको हारलाई लिएर बस्ने बेला यो होइन’ उनले भने, ‘अब फेसबुकमा फोटो पोष्ट गरेर, काठमाडौंमा नेता भेट्ने होइन । एमालेले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नुपर्छ ।’

अबको ५ बर्ष भित्र पार्टीलाई सुदृढीकरण गर्दै अहिलेको मतदाता भन्दा १४ लाख मतदाता थपेर हिलो पार्टी बन्ने सपना उनले सुनाए । अब सवै कार्यकर्ता संगठित भएर छलफल गर्नुपर्ने भन्दै नेता थापाले भने, ‘असन्तुष्टि पोखेर मात्र बस्ने होइन, शिर उचो बनाएर काम गर्नुस्, चुनाव हारियो भनेर विचिलत हुन आवश्यक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?