Comments Add Comment

यी हुन् बलिउडका पर्फेक्ट आमा, जसले करियर र परिवारलाई सन्तुलित बनाए

सिल्भर स्कि्रनमा आमाको भूमिकामा कैयौं पटक देखिएका छन्, बलिउड अभिनेत्रीहरु । तर, रिल लाइफमा मात्र होइन, रियल लाइफमा पनि आमाको भूमिका निर्वाह गरिरहेका छन् उनीहरु । जस्तो कि, करिना कपुर । सैफ अली खानसँग बिबाह गरेकी उनी एउटा छोराकी आमा भएकी छिन् । उनै छोरा तैमूरको लालनपालनमा उनले आफ्नो समय खर्चिएकी छिन् ।

आमा बन्नु आफैमा रोमाञ्चक अनुभव हुनसक्छ । तर, सजिलो भने छैन । नेपालीमा गीत नै छ, ‘धर्ती भै एकचोटी सहेर हेर अरुले कुल्चेको ।’

आमा धर्ती हुन्, जसले सारा सन्तानका पीर, व्यथा, पीडा, खुसी, उमंग आफुभित्र समेटेर बाँचेका हुन्छन् । चाहे जतिसुकै धनी होस्, चाहे जतिसुकै चर्चित होस्, चाहे जतिसुकै पराक्रमी होस् आमा भनेको आमा नै हुन् । बच्चालाई जन्म दिने, हुर्काउने, स्यहार्ने, शिक्षा-दिक्षा दिने कुरामा उनीहरुको अहंम भूमिका हुन्छ ।

अत यहाँ फिल्मी चमकदमकभित्र बाँचेका ति अभिनेत्रीहरुको चर्चा गरिदैछ, जो आमा बनेका छन् । उनीहरु वास्तविक जीवनमा पनि सफल आमाको रुपमा चिनिएका छन् । एकातिर फिल्मी करियर, अर्कोतिर आमा बन्नुपर्ने । कसरी दुबै कुरालाई सन्तुलित ढंगले अगाडि बढाइरहेका छन् त ?

 

ऐश्वर्य राय

बलिउडकी सर्वाधिक आकर्षक अभिनेत्री, विश्व सुन्दरीको ताज विजेता ऐश्वर्य राय जब गर्भवती भइन्, उनले आफ्नो गर्भको बच्चालाई बढी ख्याल गरिन् । यसबीचमा उनी वेपत्तासँग मोटाइन् पनि ।

अहिले उनी धेरैजसो समय छोरीसँगै देखिन्छिन् । विश्व सुन्दरीको शीर्ष ताज जितेकी उनी सफल आमाको रुपमा पनि चिनिन्छन् । अक्सर उनी छोरीसँगै हुन्छिन् । चाहे बलिउड इभेन्टमा होस् वा घुमफिरमा ।

आफ्नी छोरी आराध्यलाई हुर्काउने काममा उनी स्वयम् खटिएकी छिन् । एकातिर उनी छोरी हुर्कारहेकी छिन् भने अर्कोतिर आफ्नो करियरलाई पनि अगाडि बढाइरहेकी छिन् ।

करिना कपुर

करिना कपुर त्यसबेला आमा बनिन्, जतिबेला उनको करियर उत्कर्षमा थियो । धमाधम फिल्म खेलिरहेकी थिइन् । एकपछि अर्को हिट फिल्मको सूची उनकै नाममा थियो । ठीक यहिबेला उनले सैफ अली खानसँग बिहे गरिन् । बच्चा जन्माइन् ।

जिरो फिगरको लागि कहलिएका उनले बच्चा गर्भमा रहेपछि स्लिम हुने होइन, स्वस्थ्य हुने बाटो अपनाइन् । उनको मोटाइ बढ्यो ।

जब बच्चा जन्माइन्, उनले फिल्मबाट विश्राम लिइन् । लामो समय आफ्नै बच्चाको स्यहार-सुसारमा लागिन् । बच्चालाई कसरी ख्वाउने, हुर्काउने, संस्कार दिने भन्ने कुरामा उनले सम्पूर्ण समय लगाइन् । जब छोरो हुर्किदै गयो, त्यसपछि उनी पुन आफ्नै लयमा फर्किइन् । फिगर मेन्टेन गरिन् । र, पुरानै अवस्थामा फर्किइन् ।

काजोल देवगन

आफ्नो जमनामा सर्वाधिक कमाई गर्ने अभिनेत्रीको रुपमा चिनिन्थे काजोल । करियरको उचाईमा रहँदै काजोलले अभिनेता अजय देवगनसँग बिबाह गरिन् । बिबाहपछि उनी पुरै पारिवारिक लयमा मिसिइन् । करियरलाई पूर्ण बिराम लगाइन् । किनभने उनी आफ्नो सम्पूर्ण समय बच्चाहरुका निम्ति खर्चन चाहन्थिन् । काजोल दुई सन्तानकी आमा हुन् । उनले एक छोरी र छोरोलाई हुर्कारहेकी छिन् ।

माधुरी दीक्षित नेना

माधुरी दीक्षितले डा. श्रीराम नेनेसँग बिबाह गरिन् । बिबाहअघि उनी फिल्मी क्षेत्रमै रमाइरहेकी थिइन् । जसै बिबाह गरिन्, करियरलाई बिट मारिन् । पारिवारिक जीवनमा फर्किइन् । त्यसको पाँच बर्षपछि फिल्मी जीवनमा फर्किइन् । अतः टिभी, डान्स एकेडेमी र स्टेज शोमा सक्रिय रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment