+
+

हचुवामा नम्बर थिचेर युवतीलाई अश्लील गाली गर्ने समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १५:५४

१७ वैशाख, झापा । हचुवामा नम्बर थिचेर युवतीलाई अश्लिल गाली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको साविक काभ्रे–५ घर भइ हाल झापाको मेची नगरपालिका–१० बस्ने ३० वर्षीय श्यामकृष्ण तामाङ भनिने श्यामकृष्ण सार्की छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, अनारमनीले सोमबार पक्राउ गरेको हो । उनलाई बिर्तामोड–५ स्थित इलाम स्टेण्डबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

‘उनीबाट हालसम्म ७ जना पीडित भएको खुलेको छ’, उनले भने, ‘उनले मोबाइलबाट समेत र्‍यान्डम्ली कल गरेर केटीले उठाए अश्लिल गाली गर्ने र भेट्न बोलाउने नभेटे फेक आईडी बनाएर हैरानी दिने गरेको उजुरी परेपछि नियन्त्रणमा लिएका हौं ।’

प्रहरीका अनुसार उनी एक सार्वजनिक यातायातमा ‘कन्डक्टर’ को रुपमा कार्यरत् थिए । उनले ९८०५३९७४९८ नम्बरको सीमबाट युवतीहरुलाई आतंकित बनाइरहेका थिए ।

उनले त्यो सीम कार्ड समेत ‘फेक’ आईडी प्रयोग गरेर लिएका थिए ।

उनीमाथि सार्वजनिक अपराध ऐन, २०२७ अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?