Comments Add Comment

साकेला नाच्दै काठमाडौंमा पनि मनाइयो उभौली (फोटो फिचर)


१७ वैशाख, काठमाडौं । किराँत समुदायको महान पर्व साकेला उभौली सोमबार सुरु भएको छ ।

‘अन्नबाली सपि्रयोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका हुन् ।

भूमि, पितृ र अन्नको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंमा रहेका किराँत समुदायले सोमबार ललितपुरको नखीपोटमा कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले पर्वको अवसरमा साकेला नाचेर रमाइलो गरेका छन् ।

अन्नबाली लगाउने सिजन सुरु भएकाले त्यसलाई नष्ट नहोस् भन्ने कामनाका साथ प्रकुतिको पूजा गरी यो पर्व मनाउने गरिएको किराँत समूदायका अगुवाहरु बताउँछन् । प्रकृतिको पूजाआजा गरे बालीनाली सप्रने किराँत समूदायको धार्मिक विश्वास रही आएको छ ।

साकेला थानमा पितृभूमिको पुजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाँच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् बैशाख र अन्नबाली भित्र्याउने बेला मंसिर पूणिर्मामा २ पटक दुई महिनासम्म मनाउने चलन छ ।

यसै अवसरका किराँत समुदायहरुले आपसमा सुःख, शान्ति र समृद्धिको कामनासहितको शुभकामना आदानप्रदान पनि गर्ने गर्दछन् ।

नेपालमा राई, लिम्बु, याक्खा र सुनुवारहरु किराँत समुदायमा पर्दछन् । उनीहरुले आफ्नो इतिहासलाई जोगाई राख्न पनि यो पर्वलाई भव्य रुपमा मनाउने गरिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment