१७ वैशाख, इलाम । चौथो माइभ्याली गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
सोमबार इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलमा १५ मिनेट थप गरिएको थियो । अतिरिक्त समयमा थ्री स्टारका लागि सुनिल बालले गोल गर्दै वर्षको पहिलो उपाधि जिताए ।
उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेता मनाङले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतिक्रिया 4