Comments Add Comment

सरकार बरालिन खोजे कांग्रेसले सतर्क गराउनुपर्छ : गगन थापा


१७ वैशाख, हेटौंडा । नेपाली कांग्रेसका नेता गगन थापाले अबको ५ वर्ष कांग्रेसले सरकारको खबरदारी गर्ने र संगठन मजबुत बनाउन लागिपर्ने बताएका छन् ।

सोमबार हेटौंडामा भएको नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा थापाले कांग्रेस छायाँ सरकारको रुपमा रहने भन्दै वाम गठबन्धनको सरकार बरालिन खोजेमा कांग्रेसले सतर्क गराउनुपर्ने बताएका हुन् ।

जनताले कांग्रेसलाई सत्ताबाहिर राखे पनि वाम गठबन्धनको क्रियाकलापमा निगरानी र खबरदारी गर्ने जिम्मेवारी दिएको पनि थापाको भनाइ छ ।

अबको पाँचबर्ष स्थानीय तहमा हार व्यहोरेका कांग्रेस उम्मेद्वारहरु छायाँ सरकारको रुपमा रही जनताप्रति उत्तरदायी बन्नुपर्ने उनले बताए ।

अहिलेको सरकारलाई सहयोग गर्न कांग्रेस पछि नपर्ने भन्दैै थापाले कांग्रेसको नेतृत्वमा तीन तहको निर्वाचन सफल भएको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई राराको डिलमा बसेर सम्बोधन गर्ने मौका मिलेको कटाक्ष गरे ।

आगामी ५ वर्षभित्र कांग्रेस पहिलो पार्टीका रुपमा स्थापित हुने दावी गर्दै थापाले अब कांग्रेसले संगठन विस्तारमा गाउँ जाने योजना बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment