Comments Add Comment

बलिउडमा आमिरले बिताए ३ दशक, टि्वटरमा यस्तो लेखे

मिस्टर पर्फेसनिस्ट भनेर चिनिने नायक आमिर खानले बलिउडमा ३० वर्ष पुरा गरेका छन् । उनले सन् १९८८ मा’कयामत से कयामत तक’ फिल्मबाट डेब्यू गरेका थिए । उनको पहिलो फिल्म नै ब्लकबस्टर भएको थियो ।

इन्डष्ट्रीमा ३० वर्ष पुरा भएको खुशीमा आमिरले आफ्नो टि्वटरमा कयामत से कयामत तकको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘विश्वास नै हुँदैन ३० वर्ष बितेछ । यस्तो लाग्छ कि हिजोको कुरा हो ।’

आमिरले १९८० र ९० को दशकमा जो जिता वही सिकन्दर, दिल है कि मानता नहीँ, रंगीताला र हम है राही प्यारके जस्ता कैयन् सफल फिल्ममा अभिनय गरेका छन् । यसका अलावा १९९० मा आएको फिल्म ‘दिल’ बाट उनले भारतीय युवायुवतीहरुको दिलमा रा जगर्न सफल भए । यो सो वर्षको सबैभन्दा बढि कमाई गर्ने फिल्म थियो ।

एक दशक विभिन्न फिल्ममा अभिनय गरेपछि आमिरले आफ्नै प्रोडक्सन हाउस आमिर खान प्रोडक्सन्स -एकेपी) खोले जसको यात्रा सन् २००१ को सुपरहिट फिल्म ‘लगान’ बाट सुरु भयो । निर्माताको रुपमा १७ वर्षको अवधिमा आमिरले एकपछि अर्को हिट फिल्म दिएका छन् । आमिर खान प्रोडक्सनको नाममा अहिलेसम्म एउटा पनि फ्लप फिल्म छैन । एकेपीले धोबीघाट र पिपली लाइभ जस्ता समिक्षकको मन जित्ने फिल्मका अलावा जाने तु या जाने ना, डेलीबेली, तलाश, तारे जमीन पर दंगल र सिक्रेट सुपरस्टार जस्ता फिल्म निर्माण गरिसकेको छ ।

ग्लोबल बक्स अफिसमा दंगलको किर्तिमानी कमाईले बलिउड नै तरंगित भएको थियो । आमिरले हरेक फिल्ममा आफूलाई फरक रुपमा उभ्याउने कोशिष गर्दै आएका छन् । हरेक फिल्मका लागि तयारीमा उनले लामो समय र परिश्रम खर्चिन्छन् । कुनै कुरामा पनि सम्झौता गर्न रुचाउँदैनन् । त्यसैले नै उनलाई मिस्टर पर्फ]{सनिस्ट भन्ने गरिएको हो ।

आमिरको फिल्म ठग्स अफ हिन्दोस्तान चाँडै रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment