Comments Add Comment

अस्थिरता निम्त्याउने सबैखालका घटना सरकारले रोक्छ : गृहमन्त्री थापा


१८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको पनि आरोप लगाए ।

अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध रहेको उनले जिकिर गरे । नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको भन्दै उनले विकासको बाधक मानिएका भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई अन्त्य गर्न जरुरी रहेको बताए ।

सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियान कुनै पनि अवस्थामा नरोकिने भन्दै गृहमन्त्री थापाले सिन्डिकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले भने सिन्डिकेटलाई सहयोग गर्ने सबै कारबाहीको भागीदार बन्ने छन् ।

राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको थापाको भनाइ छ ।

स्थायित्वका लागि लागि सुदृढ वामशक्ति आवश्यक रहेेको भन्दै थापाले एमाले र माओवादी एकतापछि देशको राजनीतिक स्थायीत्वलाई थप सुदृढ हुने पनि बताए ।

गृहमन्त्री थापाले केही दिनपछि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देशबीचको मित्रतामा थप सुधार आउने बताए । प्रधानमन्त्री मोदी राजनीतिक नभई धार्मिक भ्रभणका लागि आउन लागेको मन्त्री थापाले स्पष्टीकरण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment