+
+
Shares

संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको स्पष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन

काठमाडौं महानगरमाथि गरे प्रश्न

गृहमन्त्री गुरुङले भने, ‘म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो । मलाई ढाँट्न आउँदैन । यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु । म यसरी ढाँट्न मन लाग्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीको मृत्युबारे संसदमा प्रष्टीकरण दिँदै सरकारको तर्फबाट अथक प्रयास गरिएको र आफ्नो दायित्व पूरा गर्ने बताएका छन् ।
  • गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणलाई राजनीतिकरण नगर्न र पीडाको विषयमा सदनको गरिमा कायम राख्न विपक्षी सांसदहरूलाई आग्रह गरेका छन् ।
  • गृहमन्त्रीले काठमाडौं महानगरपालिकामा ह्वील लक लगाइएको घटनामा आफ्नो दल नभई स्थानीय सरकार जिम्मेवार रहेको भन्दै कानुन कार्यान्वयनमा सरकारको भूमिका स्पष्ट पारेका छन् ।

२६ असार, काठमाडौं । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् ।

जवाफका क्रममा उनले सरकार सञ्चालको प्रक्रिया पनि सिकाए । ‘अहिले आएर हामीले संविधान सिकाउनुपर्ने ? यो दिन आएको हो सदनमा ?’ उनले प्रश्न गरे ।

उनले सदनको गरिमा राखिराख्न पनि आग्रह गरे । नेपाली जनताले धेरै आशा यो पटक गरेको भन्दै ‘एउटौ डुंगामा सवार’ गर्न विपक्षी सांसदहरूलाई आग्रह गरे ।

उनले कसैको पीडालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

‘हामीले अथक प्रयास गरेकै हो । श्री एयरलाइन्सको प्लेन रेडी गरेकै हो । अनुमति लिएकै हो । चिकित्सकले स्टेबल राख्नुपर्‍यो भन्नुभयो । उहाँको ब्लड प्रेसर नै लो भएको थियो,’ गुरुङले भनेका छन्, ‘हामीले उहाँलाई बचाउन गरेको हो नि त । यहाँ आएर अहिले सबै डाक्टर बनिसकेका छन् ।’

उनले सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताए ।

‘नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौं । पूरै गर्छौं । नचाहँदा नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न,’ गृहमन्त्री गुरुङले भने, ‘म बुझ्छु यी प्रश्न, तर हामी त्यहाँ हुँदा हाम्रो बेस्ट दिएको हो । मलाई ढाँट्न आउँदैन । यो गरिमामय सदनलाई ढाँट्दा सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु । म यसरी ढाँट्न मन लाग्दैन ।’

स्थानीय सरकारमाथि प्रश्न

उनले काठमाडौं महानगरपालिकामा अहिले आफ्नो पार्टीको सरकार नभएको भन्दै स्थानीय तहले गरेको कार्यका कारण बिहीबारको घटना घट्न पुगेको बताएका छन् ।

‘तपाईंहरू आफैं भन्नुस्, अहिले काठमाडौंमा स्थानीय सरकार कसको ? ह्वील लक लगाएको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ?,’ उनले प्रश्न गरेका छन् ।

रोस्ट्रममा निकैबेर भावुक बनेका गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ ? भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए ।

‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भने ।

उनले पुराना दलहरूले नै बनाएको कानुन आफ्नो सरकारले कार्यान्वयन गरिरहेको बताए ।

‘कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?