+
+
Shares

गृहमन्त्रीको प्रश्न– ट्राफिकले ह्वीललक गरेको होइन, स्थानीय सरकार कसको छ ?

‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रयास घटनामा संघीय सरकारले स्थानीय सरकारको नियम मात्र पालना गरेको स्पष्टीकरण दिनुभएको छ ।
  • प्रतिनिधिसभामा बोल्दै उहाँले उक्त घटना भएको स्थानमा कुन दलको सरकार छ भनी विपक्षी दलहरूलाई प्रश्न गर्नुभएको छ ।
  • उहाँले ‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु’ भन्दै कानुन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका स्मरण गराउनुभयो ।

२६ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा संघीय सरकार स्थानीय सरकारको नियम पालना गर्दा घटना घटेको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानमा कुन दलको सरकार छ ? भनी प्रश्न समेत गरे ।

रोस्ट्रममा निकैबेर भावुक बनेका गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ ? भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए ।

‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भने ।

उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘एउटा, संघीय सरकार, एउटा प्रदेश सरकार र अर्को स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?