Comments Add Comment

आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार


सेलिब्रिटीहरु सस्तो लोकप्रियता खोज्दा कहिलेकाहीँ हाँसोका पात्र पनि बन्छन् । यस्तै भयो बलिउड अभिनेता अक्षयर कुमार र उनकी पत्नी टि्वंकललाई ।

अक्षय कुमारले आफ्नो फिल्म ‘रुस्तम’ को पहिरन लिलामी गर्ने र त्यसबाट आएको रकम च्यारिटीमा दिने भनेर टि्ंवकलले इन्स्टाग्राममा घोषणा गरिन् । त्यसमा उनी खुबै ट्रोल भइन् । सस्तो लोकपि्रयताका लागि बकम्फुसे काम गर्न लागेको भनेर टि्वंकल र अक्षयको आलोचना भयो ।

फेसबुकमा सन्दीप अहलावत नामका एक व्यक्तिले लेखे, ‘तपाईंको एनजीओका लागि रुस्तममा तपाईंका पतिले लगाएको कपडा लिलाम गर्ने आइडीया कुनै चुट्किलाको किताब र फन्नी ब्लग जस्तै बकवास हो ।’

यस्तो कमेन्टले टि्वंकललाई क्रोधित तुल्यायो । उनले यस्तो कमेन्ट गर्ने व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने चेतावनी पनि दिइन् । अहिले यस विवादमा अक्षयले पनि मुख खोलेका छन् । उनले आफूले राम्रो उद्देश्यका लागि कपडा लिलामी गर्न आँटेको भन्दै यसलाई मजाक नबनाउन आग्रह गरेका छन् ।

‘म र मेरी श्रीमतीले मनभित्रैबाट यो काम गरेका हौं र यस्तो कामलाई आलोचना गर्नुको साटो सबैले प्रोत्साहन गर्नुपर्छ,’ अक्षयले पत्रकारहरुसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment