Comments Add Comment

‘एभेन्जर्स’को नाममा रेकर्ड नै रेकर्ड


हलिउडको सुपरहीरो फिल्म ‘एभेन्जर्सः इन्फीनिटी वार’ ले विश्वभरमै धुम मच्चाइरहेको छ । नेपालका मल्टिप्लेक्सहरुमा पनि यो फिल्मको व्यापार जोडदार छ ।

विश्वव्यापीरुपमा फिल्मले अहिलेसम्म विभिन्न किर्तिमान बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती किर्तिमानहरु यस्ता छन् :

१. अमेरिकाको सबैभन्दा ठूलो विकेन्ड ओपनरः
एभेन्जर्स अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो विकेन्ड ओपनर बनेको छ । यो फिल्मले पहिलो तीन दिनमा २५ करोड डलर अर्थात् २५ अर्ब रुपैयाँ कमाई गर्‍यो । यसअघि यो रेकर्ड ‘स्टार वार्सः द फोर्स अवेकन्स’ को नाममा थियो । सन् २०१५ मा यो फिल्मले २४.८ करोड डलर कमाई गरेको थियो ।

२. संसारकै सबैभन्दा ठूलो विकेन्ड ओपनर
एभेन्जर्स संसारकै सबैभन्दा ठूलो ओपनर हो । विश्वव्यापीरुपमा फिल्मले पहिलो सप्ताहान्तमा ६३ करोड डलर कमाएको छ । पछिल्लो रेकर्ड ‘द फेट अफ फ्यूरियस’ को नाममा थियो, जसले पहिलो सप्ताहान्तमा ५४ करोड डलर कमाएको थियो ।

३. संसारकै सबैभन्दा ठूलो सुपरहिरो फिल्म
पहिलो विकेन्डका आधारमा एभेन्जर्स अमेरिका र विश्वभरीकै सबैभन्दा ठूलो सुपरहीरो फिल्म बनेको छ ।

४. भारतमा यस वर्षको सबैभन्दा ठूलो ओपनर
भारतमा एभेन्जर्सले ४ दिनमा १ सय ४७ करोड भारु ग्रस कमाइसकेको छ । यो वर्ष सप्ताहान्तमा सबैभन्दा बढि व्यापार गर्ने फिल्मको रेकर्ड पनि यसले राखेको छ । फिल्मले पद्मावद र बागी जस्ता फिल्मलाई उछिनेर पहिलो दिन ३१.३० करोड भारु कमाएको थियो । यो कुनै पनि हलिउड फिल्मले भारतमा गरेको अत्यधिक व्यापार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment