Comments Add Comment

सांगठनिक स्थिति अद्यावधिक गर्दै माओवादी

तिब्र रुपमा अद्यावधिक गर्न पार्टी कमिटीलाई निर्देशन

१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सांगठनिक स्थिति अद्यावधिक गर्न पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता दिदै सांगठनिक स्थितिलाई तिब्र रुपमा अद्यावधिक गर्न निर्देशन दिएको हो ।

दुवै पार्टीका नेताले पार्टी एकता छिट्टै हुने बताइरहेका बेला माओवादीले भने संगठनलाई सुदृढ बनाउने पहल थालेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि दुईपक्षीय छलफलमा भएका सहमति  र सहमति जुट्न बाँकी विषयबारे जानकारी गराएका थिए ।

उनले पार्टी एकताका लागि राजनितिक विषय टुंगो लागिसकेकाले संगठनको आकार र विधानमा राखिने विषयमाथिको छलफल जारी रहेको जानकारी गराउदै छिटै पार्टी एकताको टुंगो लाग्ने बताएका प्रवक्ता पम्फा भुसालले बताइन् ।

प्रवक्ता भुसालले जनयुद्ध, माओको जनवाद, जबज र २१ औ शताब्दीको जनावादको विषय टुंगोमा पुगिसकेको जानकारी दिइन् । उनले पार्टी एकता व्यापार नभई सम्मानजनक सहभागिता रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment