Comments Add Comment

अन्तरप्रदेश यू-१६ क्रिकेटको उपाधि प्रदेश ७ लाई


१९ वैशाख, काठमाडौं । मनमोहन मेमोरियल अन्तरप्रदेश यू-१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ७ ले जितेको छ । बुधबार भएको फाइनलमा प्रदेश ७ ले प्रदेश २ लाई २४ रनले हराउँदै उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा ७ विकेट जाँदा २०८ रन बनाएको थियो ।

प्रदेश ७ का रोसन साउदले १८ बलमा ३७ रन बनाए । यस्तै हृदय विडारीले ४५ बलमा ३३ रन, राहुल भण्डारीले ३३ बलमा ३८ रन, रोशन साउदले १८ बलमा ३७ रन, नरेन्द्र साउदले ११ बलमा २० रन, नारायण जोशीले ९ बलमा १९ रन, गजेन्द्र थापाले १५ बलमा १६ रन बनाए ।

बलिङतर्फ प्रदेश २ का विवेक यादवले २ साथै बिक्रम कुशवाह, संसद अलि मनसुरी, निखिल सिंहले १/१ विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । प्रदेश २ का लागि अमित यादवले ६४ बलमा ८० रन, तृतराज दासले ३३ बलमा २७ रन, साहिल पटेलले ३२ बलमा २५ रन साथै इमरान शेखले ११ बलमा १२ रन बनाए ।

बलिङतर्फ प्रदेश ७ का मनोज लोथ्यालले ५ विकेट लिए । नरेन्ऽ साउदले ३ साथै महेश साउदले १ विकेट लिए ।

उपाधि विजेता प्रदेश ७ ले २ लाख ५० हजार रुपैयाँ र उपविजेता प्रदेश २ ले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश नम्बर २ का अलराउण्डर विवेक यादव भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment