+
+

पत्रकारसित १ अर्ब क्षतिपूर्ति माग्दै कपिलले पठाए नोटिस

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २० गते ९:३०

भारतीय कमेडियन कपिल शर्माले बुधबार एक इन्टरटेनमेन्ट न्यूज पोर्टल र त्यसका पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन्  । उनले नोटिसप्राप्त गरेको सात दिन भित्र सार्वजनिकरुपमा बिना सर्त माफी माग्नुपर्ने माग पनि गरेका छन् ।

पब्लिकेसनले आफ्नो विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको कपिलको आरोप छ । उनले यस्ता सामग्रहरु तत्काल हटाउनुपर्ने बताएका छन् । यी सामग्रीले आफ्नो छवि विगारेको भन्दै १ अर्ब भारुको क्षतिपूर्ति तिर्नुपर्ने माग उनले गरेका हुन् ।

कपिलका वकिल तनवीर निजामले कानूनी नोटिस पठाइएको पुष्टि गरे । उनले भने, ‘न्यूज पोर्टल सम्पादक विक्की लालवानीले  मेरो क्लाइन्टलाई बदनाम गरे, त्यसैले हामीले सात दिनभित्र सार्वजनिक रुपमा माफी माग्नका लागि कानूनी नोटिस पठाएका छौं । यदि माफी नमागेको खण्डमा हामी उनीमाथि आपराधिक कारवाहीको प्रक्रियामा जाने छौं ।’

यो विवाद अघिल्लो महिनादेखि सुरु भएको हो । कपिलले लालवानीलाई गालीगलौज गरेको एउटा अडियो कल सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?