Comments Add Comment

जेठमा फिल्म रिलिजको अन्यौल


वैशाखको अन्तिम हप्तासम्म रिलिज हुन लागेका चलचित्रका निर्माताले त प्रचारलाई अगाडि बढाइरहेका छन् । तर, जेठमा रिलिज हुन लागेका चलचित्रका निर्माता भने अन्यौलमा देखिएका छन् ।

जेठ २ गतेबाट चलचित्र निर्माता संघले कुनै पनि चलचित्र रिलिज नगर्ने भन्दै आन्दोलनको मनसाय बनाएपछि अहिले केही चलचित्रहरु अप्ठ्यारो अवस्थामा परेका छन् ।

चलचित्र निर्माता संघले शेयर बाँडफाँडको बिषयलाई लिएर बार्तासँगै आन्दोलनको कार्यक्रम पनि अगाडि बढाइरहेको छ । जेठ १ गतेसम्म चलचित्र संघले मागको सुनुवाई नगरेको खण्डमा जेठ २ गतेबाट चलचित्र प्रदर्शन रोक्ने उनीहरुको अडान छ ।

जसले गर्दा जेठमा चलचित्र रिलिज के हुन्छ भन्ने अन्यौल देखिएको छ । जेठमा रिलिज हुन लागेका चलचित्रका निर्माताले न त खुलेरै प्रचार गर्न सकेका छन् न त चुप लागेर नै बस्न सकेका छन् । जेठ ४ गतेबाट रिलिज हुने चलचित्र ‘हैरान’को निर्माणपक्ष प्रचारको दौडमा छ । जेठ ११ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘ब्ल्याक’को प्रचार स्पिड पनि सुस्ताएको छ ।

जेठ १८ मा चल्ने भनिएका चलचित्र ‘भैरे र बेबी आइ लभ यू’को निर्माण यूनिट पनि प्रचारमा जाने कि के गर्ने भन्ने दोसाधमा देखिएका छन् ।
यसरि, हेर्दा जेठमा चलचित्र रिलिजका लागि प्रदर्शन तोकेर प्रचार सुरु गरिसकेका चलचित्रका निर्मातामा अन्यौलता देखिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भन्छन्-‘आन्दोलन भएपनि, नभएपनि हामी जेठमा प्रदर्शन तोकिएका चलचित्रको रिलिजलाई प्राथमिकता दिन्छौ । अन्य चलचित्र भन्दा अगाडि यी चलचित्र रिलिज हुनेछन् । यसमा सबै निर्माताहरु पनि सहमत हुनुहुन्छ ।’
चलचित्र निर्माता संघ र चलचित्र संघविच बार्ता सुरु भएको छैन । तर, भित्र भित्र गृहकार्य भैरहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment