Comments Add Comment

लार्चामा चीनले थाल्यो बन्दरगाहको निर्माण, खुल्ला तातोपानी नाका ?


२० चैत, काठमाडौं । भूकम्पपछि बन्द रहेको चीनसँगको तातोपानी नाकालाई लक्षित गरेर नेपालतर्फ सुख्खा बन्दरगाह निर्माण सुरु भएको छ । तातोपानीभन्दा झण्डै ७ किलोमिटर तल ९० रोपनी क्षेत्रफल ओगट्ने गरी लार्चामा चनीनले नै बन्दरगाह निर्माण सुरु गरेको हो ।

यसले चीनले तातोपानी नाकालाई सँधैका बन्द नगर्ने संकेत दिएको छ । ‘एक चीन’ नीति बिरोधी गतिविधि बढेको भन्दै तातोपानी नाका चीनले कहिल्यै नखुल्ने गरी बन्द गर्ने आशंकाहरु सरकारी तवरबाटै जनाइँदै आएको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समिति र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरले बिहीबार एक समझौतामा हस्ताक्षर गरेर काम सुरु भएको जानकारी दिइएको छ ।

समितिकातर्फबाट कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र कन्सुलरका प्रतिनिधि झाङ फानबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । चीनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी चीनियाँ रेलवे (सीआरसीसी) ले अबको १ वर्षमा निर्माण सकेर सरकारलाई बन्दरगाह हस्तान्तरण गर्नेछ ।

बन्दरगाहका लागि पहुँच दिन भोटेकोसी नदी पक्की पुलसमेत निर्माण गरिँदैछ । बनिसकेको पुलमा बितेको वर्षामा बढीले क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment