Comments Add Comment

प्रहरी महानिरीक्षक खनालको प्रतिवद्धता : चन्दा आतंक अन्त्य गर्छु

२० वैशाख, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतंकको अन्त्य गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनले उद्योग व्यापारीमाथि हुने अनावश्यक दवाब, दुर्व्यवहार र चन्दा आतंक अन्त गर्ने बताएका हुन् ।

महानिरीक्षक खनालले गुण्डागर्दी, उद्योग व्यापारीलाई हतोत्साहित गर्ने जो सुकैलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्धक्कका साथ व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बरका पदाधिकारी एवं कार्य समिति सदस्यहरुका साथै नेपाल मदिरा व्यवसायी महासंघ, खुद्रा व्यवसायी संघ, पर्यटन तथा उद्योगी व्यवसायीहरु लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment