+
+

शान्ति दौडमा भाग लिन बैकुण्ठ मानन्धर सिड्नीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २२ गते ५:२९

सिड्नी । नेपालका स्थापित धावक बैकुण्ठ मानन्धर शनिबार सिड्नीमा दौडिने भएका छन् । अस्ट्रेलियाको नेपाली सामाजिक संस्था चितवन समाजले आयोजना गरेको उक्त शान्ति पदयात्रामा करिब एक सय जनाले संगै दौडिने गरी आफ्नो नाम दर्ता गरेका छन् ।

सिड्नी ओलम्पिक पार्कको केंदिल पार्कमा हुने उक्त दौड बिहान आठ बजे सुरु हुनेछ । धावक मानन्धर बिहीबार बिहान सिड्नी आइपुगेका हुन् । चितवन समाजको नयाँँ कार्यसमितिले गरेको यो पहिलो सार्बजनिक कार्यक्रम हो ।

आयोजक संस्थाका अध्यक्ष छबी सापकोटाका अनुसार बुद्द जयन्तिको कार्यक्रमसंगै नेपालका स्थापित धाबक बैकुण्ठ मानन्धरलाई सिड्नीको शान्ति दौडमा निम्तो गर्नुको उद्देश्य संसारभर शान्तिको सन्देश फैलाउनु हो ।

उनले अझ अगाडि भने- नेपालको नाम अन्तर्रास्ट्रिय जगतमा फैलाउने ब्यक्तित्वोहरुको सम्मान गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?