Comments Add Comment

यस्तो छ सोनम कपुरको बिहेपूर्वको फिटनेस

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो फिटनेसका लागि निकै मिहिनेत गर्छिन् । त्यसमा पनि विवाहको मिति नजिकिँदै गर्दा उनी आफूलाई बढिभन्दा बढि स्लीम बनाउन प्रयासरत छिन् ।

एक अनलाइनसँगको कुराकानीमा सोनमकी फिटनेस ट्रेनर राधिका कार्लेले उनको पि्र-वेडिङ वर्कआउट तथा डाइट प्लान खुलासा गरिन् । उनका अनुसार बिहे तय भएपछि सोनमले आफ्नो डाइटमा निकै कन्ट्रोल गरिरहेकी छिन् भने जिममा पनि बढि पसीना बगाउने गर्छिन् ।

विगत ६ वर्षदेखि सोनमलाई ट्रेन गरिरहेकी राधिकाले भनिन्, ‘उनी मेरो स्टुडियोमा मात्र होइन, घरमा पनि निकै समय एक्सरसाइजमा बिताइरहेकी छिन् ।’

सोनमले पिलेट्स, कार्डियो र वेट ट्रेनिङ उपकरण आफ्नै घरमा सेट गरेकी छिन् ।

सोनमको प्री-वेडिङ वर्कआउट रुटिनबारे जानकारी गराउँदै राधिकाले भनिन्, ‘सोनम र मैले मिलेर एक्सरसाइजको लागि केही विशेष प्लान बनाएका थियौं । त्यसलाई उनी एक महिनादेखि फलो गरिरहेकी छिन् । उनी ४५ मिनेट पिलेट्स र ४५ मिनेट कार्डियो एक्सरसाइज गर्छिन् । यस दौराने वेट ट्रेनिङलाई कटौति गरिएको छ । उनलाई चोटपटक नलागोस भनेर यसो गरिएको हो ।’

राधिकाका अनुसार अहिले सोनमले पिलेट्समा बढि फोकस गरिरहेकी छिन् । यसले मसल्स मजबुत हुनुका साथै शरीरको लचकता बढ्ने उनको भनाई छ । इनर्जी र स्ट्रेस प|mी रहनका लागि सोनम रनिङ पनि खुब गरिरहेकी छिन् ।

दुई दिनपछि ८ मेमा उनी विवाह वन्धनमा बाँधिदैछिन् । दिल्लीका व्यापारी आनन्द आहुजासँग उनको बिहे हुन लागेको हो ।

राधिका सोनमकी फिटनेस ट्रेनर मात्र नभएर न्यूटि्रसियन पनि हुन् । उनले सोनमलाई फ्रुट जुस बढिभन्दा बढि सेवन गर्न सल्लाह दिएकी छिन् ।

सोनमको डाइट चार्ट यस्तो छ

ब्रेकफास्टः एभोकाडो, टोस्ट, फ्रेस फ्रुट्स र फ्रुट्स जूस

लन्चः दालभात, तथा प्रोटिनयुक्त तरकारी

डिनरः सलाद, ग्रिल्ड भेजिटेबल, माछा ।

उनी ६ बजे डिनर गर्छिन् । फेरि भोक लाग्यो भने भेजिटेबल सूप र जूस लिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment