Comments Add Comment

जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रयास, तीनजना पक्राउ

२४ वैशाख, काठमाडौं । धर्म परिवर्तन गराउन खोजेको आरोपमा नागर्जुन-४ सितापाइलाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

कास्की मच्याङगकोट गाउँपालिका-९ घर भइ काठमाडौंको नागर्जुन नगरपालिका-४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४२ वर्षीया फुलदेवी भट्टराई पक्राउ परेका हुन् ।

जागिर लगाइदिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै गत २१ गते प्रहरीमा उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेकाहरुलाई भरतपुर नगरपालिका-२७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराउन खोजेको आरोपमा लागेको छ ।

प्रहरीका अनुसार पीडित लक्ष्मीलाई फुलदेवीले जागिर लगाइदिने भन्दै सितपाइलाको चर्चसम्म पुर्‍याएकी थिइन । चर्चमा सुमित्रा गौलीले बाइबलको पाठ सुनाउँदै लक्ष्मीलाई जबरजस्ती दुबै हात समातेर धर्म परिवर्तन गर्न खोजेको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता, प्रहरी नायव उपरीक्षक -डीएसपी) मोहनकुमार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment