Comments Add Comment

रजनिकान्तको पारिश्रमिक दैनिक एक करोडभन्दा बढि

दक्षिण भारतीय अभिनेता रजनिकान्त सिंगो भारतमा प्रख्यात छन् । उनको. फिल्मको प्रतिक्षामा रहनेहरुको जमात निकै ठूलो छ ।

रजनिकान्त चाँडै ‘काला’ र ‘२.०’ मा देखिदैछन् । यी मध्ये ‘२.१’ को व्यापक चर्चा छ । यो फिल्ममा रजनिकान्तसँगै बलिउड अभिनेता अक्षय कुमार पनि छन् ।

यसैबीच रजनिकान्त एउटा नयाँ फिल्मका लागि अनुवन्ध भएका छन् । कार्तिक सुब्बाराजनको निर्देशनमा बन्ने फिल्मका लागि उनले ६५ करोड भारुमा साइन गरेका हुन् । जबकि यो फिल्मका लागि उनले केवल ४० दिनको सुटिङ गर्नुपर्ने छ । यस हिसाबले उनको प्रत्येक दिनको पारिश्रमिक एक करोड भारुभन्दा बढि हुन आउँछ । अहिलेसम्म यति ठूलो रकममा कुनै बलिउड अभिनेताले फिल्म खेलेको सार्वजनिक भएको छैन ।

त्यसो त साउथमा धेरै हिरोहरु छन्, जसले महंगो पारिश्रमिक लिन्छन् । पारिश्रमिकको सवालमा रजनिकान्तपछिका ठूला स्टार हुन् कमल हसन । उनी एउटा फिल्मका लागि ३० करोड भारु माग्छन् । बाहुबलीबाट चर्चामा आएका प्रभासले २५ करोड भारु लिन थालेका छन् । त्यसैगरी पछिल्लो समय चर्चामा आएका महेश बाबुले १८ करोड लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment