+
+

हनी सिंहले किन बनाए यस्तो लुक ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते ९:४०

भारतका लोकप्रिय र्‍यापर यो यो हनी सिंह लामो समयदेखि कुनै गीत वा भिडियोमा देखिएका थिएनन् । चाँडै उनी कमब्याकको तयारीमा छन् ।

२०१४ मा ‘देसी कलाकार’ म्यूजिक भिडियोमा देखिएका हनी सिंहले आफ्नो बाइसेप्स देखाउँदै एउटा फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटोमा उनको लुक पहिलेको तुलनामा निकै फरक देखिन्छ । उनले आफ्नो कपाल पनि लामो बनाएका छन् ।

फोटो सेयर गर्दै हनी सिंहले लेखेका छन्, ‘आफ्नो कमब्याक भिडियोका लागि मसल्स बढाइरहेको छु । म चाँडै नै एउटा ठूलो म्यूजिक भिडियोमा देखिनेछु, जसमा यस्तो लुकको आवश्यकता छ ।’

हनी सिंहले फिल्म ‘सोनू के टिटू’ को गीत ‘दिल चोरी साडा हो गया’ तथा ‘छोटे छोटे पेग’ गाएका छन् । यी गीतहरु यूट्यूवमा ३ करोडभन्दा बढि पटक हेरिएको छ ।

१५ मार्च, १९८३ मा होशियारपु, पञ्जाबमा जन्मिएका हनी सिंहको वास्तविक नाम हिरदेश सिंहृ हो । सन् २००० मा हनीले नयाँ दिल्लीको गुरु नानक पब्लिक स्कुलबाट पढाई सकेका थिए । उनी गम्भीर मानसिक विमारी बाइपोलार डिसअर्डरबाट गुजि्रसकेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?