+
+

जनसम्पर्क समिति फ़्रान्सको प्रथम महाधिबेशन सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते ११:५७

न्यूयोर्क । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति फ़्रान्सको प्रथम महाधिबेशन वैशाख २३ मा फ़्रान्सको राजधानी पेरिसमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति नेदरल्याण्डका पूर्वअध्यक्ष नारायण आचार्य र माथवर सिंह बस्नेतको उपस्थितिमा महाअधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनले सर्वसम्मतिबाट सुधीरकुमार राना अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष द्वय इन्द्र बस्नेत, शिवराम भण्डारी, महामहामन्त्री कमल बिक्रम के सी, सहमहामन्त्री ध्रुव घिमिरे, कोषाध्यक्ष देवीजंग गुरुंग, सहकोषाध्यक्ष धर्मेन्द्र सेन र सदस्यहरुमा थम्मन टण्डन, हीरा खत्री, सागर श्रेष्ठ , श्रीप्रसाद गुरुंग र बाबूराम शर्मा चयन भएका छन् । १५ सदस्यीय कार्यसमितिको पूर्णता संस्थाको बिधानले प्रवाधान गरे अनुसार ३ जना पछि मनोनित गरिने भएको छ ।

सुबर्ण बिक्रम हमालको संयोजकत्वमा  जीता कटवाल र बिष्णु सारू सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचन प्रक्रिया पूरा गरेको हो ।

तदर्थ समितिका अध्यक्ष निर्मल अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण सुधीर रानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?