Comments Add Comment

‘प्रेमलिला’मा दीपशिखाको यस्तो रुप, किन राखियो हिन्दी गीत ?


छायांकनमा रहेको चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । दीपशिखाले कपाल मुण्डन गर्नुको रहस्य अहिले नै खोल्न नमिल्ने बताएपनि चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने बताइन् । कथाको माग अनुसार नै आफूले कपाल मुन्डन गरेको उनले बताइन् ।

दीपशिखाकै निर्माणमा बनिरहेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा समावेश ‘जाने क्या हुवा’ बोलको गीतको छायांकन पोखरामा सकिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने भिडियोमा दीपशिखा र चलचित्रका मुख्य कलाकार अली खानलाई देखाइएको छ । यो चलचित्र लभ स्टोरी कथामा निर्माण भैरहेको छ ।

चलचित्रको कथा अनुसार नै हिन्दी गीत समावेश गरिएको दीपशिखाले बताएकी छिन् । केही बलिउड चलचित्रमा काम गरेका अली खानले नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । पवन गौतमको छायांकन रहेको चलचित्रमा दीपशिखाकै कथा, महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment