+
+

सन्तोष लामाले खाए कोन्ज्योसोमको कसम

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते १७:१८

काठमाडौं । गायक सन्तोष लामा आफ्नै शब्द र संगीतमा नयाँ गीत लिएर आएका छन् । ‘कोन्ज्योसोमको कसम’ बोलको गीतमा संगीत संयोजन भने चाँद सिंहले गरेका हुन् ।

बुद्ध धर्ममा तीन शक्तिशाली भगवानको नाममा खाइने कसमलाई लिएर लामाले कोन्ज्योसोममा शब्द भरेका छन् । लामो समयदेखि गीतबाट हराएको आरोप खेपिरहेका नेपाली तारा दोस्रो श्रृफ्लाका विजेता लामाले यो गीत यस्तो आरोप लगाउनेहरुलाई जवाफ हुनसक्ने बताए ।

‘व्यवसायिक गीतहरु धेरै गाउन छाडेको थिएँ,’ लामाले भने, ‘एउटा साधक भएर लागिरहेको थिएँ- संगीतमा । तर, कहिलेकांही यस्ता गीतहरु पनि गाउनु पर्ने हुँदो रहेछ ।’

गीतको भिडियो पनि युट्युबबाट सार्वजनिक भएको छ ।

भिडियोमा छोल्ठिम गुरुङ, विशाल लामा, कुमार मोक्तान, अनिता गोलेलगायतको अभिनय रहेको छ । यो गीतको भिडियोलाई सुमन सिंग्दान लामाले निर्देशन गरेका हुन् ।

निशान घिमिरेले सम्पादन गरेको भिडियोमा ज्ञानेन्ऽ शर्माले छायांकन गरेका हुन् । सुबोल थापाको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?