+
+

कास्कीका सुजतको पोर्चुगलमा निधन

रासस रासस
२०७५ वैशाख २६ गते ९:१८
सांकेतिक तस्वीर

२६ वैशाख, लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ ।

राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार, अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको उनले बताए ।

कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?