+
+

दीपिकाको चिप्लो कपालको सामाजिक सञ्जालमा उछितो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते १०:१२

न्यूयोर्कमा आयोजित मेट गाला इभेन्ट २०१८ मा सहभागी भएकी बलिउड अभिनेत्री दीपिका पादुकोण ट्रोलको शिकार बनेकी छिन् । उक्त समारोहमा भाग लिँदा उनको चिप्लो कपाललाई हाँसोको विषय बनाइएको छ ।

यो इभेन्टको थिम थियो, हेभन्ली बडिजः फेसन एन्ड क्याथोलिक इमेजिनेसन । सबै सेलिबि्रटीहरुले आफ्नो पहिरनमा यही थिमलाई अनुशरण गरेका थिए । दीपिकाले नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको रेड कलरको गाउन लगाएकी थिइन् । उनको पहिरनको त प्रशंसा भयो, तर कपालले धोका दियो ।

दीपिकाले कपाल बुढी आमाहरुले जस्तो चिल्लो पारेर कोरेकी थिइन् । यसलाई लिएर सामाजिक सञ्जालमा विविध टिप्पणीहरु भइरहेका छन् । कतिपयले दीपिकाले कार्यक्रमको थिम नै नबुझेको बताएका छन् ।

टि्वटरमा एक व्यक्तिले लेखेका छन्, ‘हरेक अन्तर्राष्ट्रिय इभेन्टमा दीपिकाको प्रस्तुति लाजमर्दो हुन्छ । आखिर उनलाई कार्यक्रममा बोलाउँछन् किन ?’

अर्का व्यक्तिले लेखेका छन्, ‘यो कुन खालको कपाल हो ? दीपिका कुन जमानामा छिन् ?’

दीपिकाको पहिरनको अनुरुप कपालको तालमेल नमिलेको भनेर धेरैले आलोचना गरेका छन् । सोही कार्यक्रममा अर्की बलिउड अभिनेत्री पि्रयंका चोपडा पनि पुगेकी थिइन् । उनको पहिरनमाथि भने खास चर्चा भएको छैन ।

दीपिका र पि्रयंका दुवैले एक-एक हलिउड फिल्म खेलेका छन् । फिल्म सफल नभए पनि उनीहरुलाई हलिउडका विभिन्न इभेन्टमा बोलाउन थालिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?