Comments Add Comment

प्रदेश २ का मन्त्री भन्छन् : मोदी आउनु शौभाग्य


२६ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा हुन लागेको नागरिक अभिनन्दनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ ।

केहीले नाकाबन्दी सम्झँदै भारतीय प्रधानमन्त्री नागरिक अभिनन्दन गर्न नहुने मत राखिरहेका छन् ।

तर, प्रदेश २ र राजधानी जनकपुरमा भने मोदीको स्वागतको भव्य तयारी भइरहेको छ । यहाँ मोदीले जनकपुरका लागि महत्वपूर्ण प्याकेज घोषणा गर्ने चर्चा पनि चलिरहेको छ ।

यद्यपि प्रदेश सरकार भने भारतीय प्रधानमन्त्री मोदीसँग आफूहरुको कुनै सहयोगको अपेक्षा नगरेको जनाएको छ । ‘भारतीय प्रधानमन्त्री आउनु हाम्रो लागि शौभाग्यको कुरा हो’ प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भने, ‘उहाँ हाम्रो अतिथी भएर आइरहनुभएको छ । अतिथिसँग पनि केहि माग गरिन्छ त ?’

अनलाइनखबरसँग कुरा गर्दै मन्त्री सोनलले मधेश अतिथीदेवो भवः संस्कारको थलो भएको बताए । ‘उहाँ (मोदी) ले के गर्नुहुन्छ, गर्नुहुन्न, कस्तो गर्नुहुन्छ, त्यो सबै उहाँमाथि नै निर्भर पर्छ । हामी कुनै माग गर्ने छैनौं’ उनले भने ।

‘शक्तिशाली देशका शक्तिशाली प्रधानमन्त्री प्रदेशमा आउनुले हामीलाई उर्जा दिन्छ’ उनले अघि भने ।

जिल्लाको अपेक्षा भने पुर्‍याउँछौ‌ं

प्रदेश अन्तर्गतका जिल्लाले मोदीसँग विकासका मामिलामा सहयोगको अपेक्षा गरेको सुनिएको त, सरकारलाई औपचारिक जानकारी नआएको उनले बताए ।

‘भारतीय सहयोग प्राप्त होस् भन्ने चाहना कतिपय जिल्लामा देखिएको छ । यद्यपि आफूहरुलाई यसबारे कुनै जानकारी छैन’ उनले भने, ‘प्रदेश सरकार समक्ष आएपछि कुनै न कुनै माध्यमले मोदी ज्यूसमक्ष पुर्‍याउनेछौं ।’

विगतमा पनि भारतले सहयोग गरेका कारण जिल्लाहरुले अपेक्षा राखेको हुन सक्ने भन्दै राजपा नेता समेत रहेका सोनलले भने, ‘त्यो अपेक्षालाई म अनुचित्त भन्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment