+
+

सैनिक युनिफर्म बेच्न खोज्दा कानूनी झमेलामा अक्षयकुमार

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २७ गते ८:३१

सस्तो लोकप्रियता कमाउन खोज्दा बलिउड अभिनेता अक्षय कुमार कानूनी झमेलामा फसेका छन् । अक्षय र उनकी पत्नी टि्वंकलका नाममा प्रहरीले लिगल नोटिस पठाएको छ ।

केही दिनअगाडि अक्षयले टि्वटरमा आफूले फिल्म ‘रुस्तम’ मा लगाएको नेवी अफिसरको युनिर्फम लिलामी गर्ने घोषणा गरेका थिए । त्यस लगत्तै उनले सामािजक सञ्जालमा बोलकबोल सुरु गरे । बढि मूल्य हाल्नेलाई युनिर्फम विक्री गर्ने र त्यसबाट प्राप्त हुने पैसा समाजसेवामा लगाउन उनको घोषणा थियो । तर, सामाजिक सञ्जालमा उनको यस्तो कार्यको आलोचना भएको थियो । उनले युनिर्फम विक्री गरेर सशस्त्र प्रहरी तथा शहिद भएका सैनिकका विधवाहरुको संवेदनामा खेलवाड गरेको आरोप लागेको थियो ।

टि्वंकलले पनि पनिको टि्वट रिसेयर गरेकी थिइन् जसलाई धेरैले आलोचना गरेका थिए । अब यही मामलामा अक्षय कुमारका दम्पत्तिलाईे लिगल नोटिस पठाइएको छ । यो लिगल नोटिस पठाउनेमा २१ जनाको नाम छ । जसमा ११ कार्यरत आर्मी अफिसर, १ आइएफएफ अधिकारी र सात रिटायर्ड अफिसर छन् । नोटिसमा अक्षयलाई युनिर्फमको लिलामी कार्य तुरुन्त रोक्न भन्दै अन्यथा कानूनी प्रक्रियामा जाने चेतावनी दिइएको छ ।

अक्षयले आह्वान गरेको बोलकबोलमा युनिर्फमलाई अढाई करोड भारुसम्मको मोल लागेको थियो । तर, सन्दीप अहलावत नामका एक आर्मी अफिसरले युनिर्फम लिलामी गरेरमा अक्षयलाई अदालतमा तान्ने चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै टि्ंकलले टि्वटरमा राम्रो उद्देश्यका लागि काम गर्न लाग्दा आइपर्ने विरोधलाई सामना गर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?