Comments Add Comment

बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा ओखलढुंगाका विस्थापितलाई झन् समस्या

२७ वैशाख, ओखलढुंगा । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका ओखलढुंगाका झण्डै दुई सय घरधुरीको बस्ती स्थानान्तरण ढिलाइ हुँदा समस्यामा परेका छन् ।

भूगर्भविद्हरुको अध्ययन टोलीले बसोबास गर्न नमिल्ने क्षेत्र भनेर पहिचान भएका मोलुंग गाउँपालिकाको हर्कपुर, प्राप्चा, विलन्दु, फुलबारी, टारकेराबारी र रगनीका दुई सय बढी परिवार समस्यामा परेका हुन् ।

०७२ बैशाख १२ र २९ गतेको भूकम्पले जोखिममा परेका वस्ती स्थानान्तरणको काम शुरु नहुँदा अहिले सम्म पीडितहरुले आवाश निर्माण गर्न नपाएका हुन् ।

अध्ययन अनुसार अहिले १ सय ४८ परिवार स्थानान्तरण गर्नु पर्ने र अन्यको अध्ययन भइरहेको पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पपछि गएको पहिरो घर घरडेरी नै चिरा परेका भुकम्प पीडितहरुले आबास पुनः निर्माण गर्न पाएका छैनन् । उनीहरु अहिले पनि त्रिपाल र जस्ताका टहरामा गुजरा चलाइरहेका छन् ।

अहिले टारकेराबारीका पहिचान गरिएका ११ जना पीडितहरु स्थानान्तरणका लागि आवेदन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुंगाका प्रमुख विजयमुनि बज्राचार्यले बताए ।

भूगर्भविद्बाट आएका सिफारिसलाई आधार मानेर वस्ती स्थानान्तरण गर्ने र व्यक्तिगत रुपमा सुरक्षित स्थाना घर बनाउन चाहनेका लागि अनुदान दिने काम थालिने पनि जनाए ।

ढिलाइ हुनुमा सरकारले बस्ती स्थानान्तरणको प्रकृयाका काम विभिन्न निकायमा जिम्मेवारी दिएको र समन्वय लगायतको समस्याले ढिलाइ भएको हो ।

उच्च जोखिममा परेका गाउँमा स्थाननान्तरण गर्नु पर्ने लाभग्राहीहरुले सरकारलाई पर्खिदा अन्यत्र घर निर्माण गर्न सकेका छैनन् । सरकारले घडेरी किन्न २ लाख अनुदान दिने भएपनि अनुदान लिने प्रकृया भने अघि बढेको छैन ।

जोखिममा रहेका स्थानका पीडितमध्ये स्थानान्तरणका लागि टारकेराबारीबाट ११ जनाको निवदेन दर्ता भएका छन् । अब स्थलगत अध्ययन गरेर प्रकृया अघि बढाइने जिलला आयोजना कार्यन्वयन इकाइले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment