Comments Add Comment

सामाजिक सञ्जालमा डेब्यू गर्दै ऐश्वर्या, के गाली खान तयार छिन् ?

बलिउड अभिनेत्री ऐश्वर्या राय अहिलेसम्म कुनै पनि सामाजिक सञ्जालमा छैनन् । संसारभरका सेलिबि्रटीहरुले आफ्ना फ्यानसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेका बेला उनी भने यसबाट टाढा छिन् ।

ऐश्वर्यालाई उनका फ्यानहरुले सामाजिक सञ्जाल ज्वाइन गर्नका लागि अत्यधिक जोड गर्ने गरेका छन् । तर उनले यसलाई अनावश्यक बताउँदै आएकी थिइन् । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग भइरहेकाले आफू यसबाट टाढै बस्ने उनको भनाई थियो ।

तर, अब ऐश्वर्याले आफ्नो अडान परिवर्तन गरेकी छिन् । उनले चाँडै नै इन्स्टाग्रामबाट सामाजिक सञ्जालमा डेब्यू गर्न आँटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार फ्रिन्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा भाग लिन जान लागेकी नायिका त्यसअघि नै इन्टाग्राम अकाउन्ट खोल्ने विचारमा छिन् । उनले कान्समा सहभागी हुँदाका आफ्ना तस्वीरहरु इन्टामा पोस्ट गर्न सक्छिन् ।

ऐश्वर्या इन्स्टामा जोडिनु भनेको उनका फ्यानहरुका लागि निकै खुशीको खबर हो । यद्यपि, हिजोसम्म सामाजिक सञ्जाललाई अनावश्यक ठान्ने नायिका आज किन यसमा आउन तयार भिइन् त ? यसका लागि करण जौहर, मनिष मल्होत्रा जस्ता साथीहरुले उनलाई कन्भिन्स गरेको बताइन्छ । केही दिनअगाडि एउटा अन्तरवार्तामा उनले आफू सामाजिक सञ्जालमा आउने समय भएको प्रतिक्रिया दिएकी थिइन् ।

सामाजिक सञ्जालमा आएपछि ऐश्वर्याले एउटा कुरा भने ख्याल राख्नु पर्छ । यसमा फ्यानहरुले प्रशंसाका शब्द मात्रै खर्चिदैनन्, सेलिबि्रटीको सानोतिनो कुरालाई लिएर पनि खेदो गर्छन्, गालीगलौज गर्छन् । विशेषतः नायिकाहरुलाई अत्यधिक अश्लिल गालीहरु आउने गरेको पाइन्छ । सायद ऐश्वर्याले यो कुरा नबुझेकी पक्कै छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment