Comments Add Comment

रणवीरको फिल्ममा सञ्जय दत्त खलनायक

बलिउड अभिनेता सञ्जय दत्त र रणवीर कपुरबीच आजका विशेष खालको सद्भाव छ । यो सद्भावको कारण हो, सञ्जय दत्तको जीवनमा आधारित बायोपिकमा रणवीरको अभिनय ।

यो फिल्ममा काम गर्ने क्रममा रणवीरले आफूलाई सञ्जय दत्तमा ढाल्न अचाक्ली मिहिनेत गरे । त्यसले सञ्जयलाई प्रभावित नतुल्याउने कुरै भएन । उनी आजकाल जो कसैसँग रणवीरको प्रशंसा गरेर थाक्दैनन् ।

अब यी दुईका फ्यानहरुका लागि खुशीको खबर छ । उनीहरुलाई एउटै फिल्ममा फ्यानहरुले देख्न पाउने भएका छन् । रणवीरले डाकूको भूमिका निभाउने फिल्म ‘शम्शेरा’ मा सञ्जय दत्तले पनि खेल्ने तय भएको छ । उनी फिल्ममा मुख्य भिलेन हुनेछन् ।

हालै यो फिल्मको फस्र्ट लुक जारी गरिएको थियो । त्यसमा रणबीरको एनिमेटेड क्यारेक्टर देखाइएको छ । तर, सञ्जय दत्तलाई भने त्यसमा देखाइएको छैन ।

त्यसको दुई दिनपछि यशराज फिल्म्सले रणबीरको अपोजिटमा सञ्जयलाई लिइएको पुष्टी गरेको हो । सञ्जयले विगतमा पनि थुप्रै फिल्ममा खलनायक बनेर खेलिसकेका छन् । वास्तविक जीवनमा पनि उनी ‘ब्याड व्वाई’ को रुपमा चिनिन्छन् ।

शम्शेरालाई करण मल्होत्राले निर्देशन गर्दैछन् । यसअघि करणसँग सञ्जय दत्तले अग्नीपथमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment