Comments Add Comment

टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर, १९ तोपको सलामी

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा सम्मान गारद (गार्ड अफ अनर) दिइएको छ ।

जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिएको हो । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाको विशेष टुकडीले मोदीलाई १९ तोपको सलामी दिएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

यसअघि केही महिना पहिले नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई पनि टुुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने मोदी दोस्रो विशिष्ट पाहुना हुन् । यसअघि विमानस्थलमा नै गार्ड अफ अनरको सम्मान दिने प्रचलन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment