Comments Add Comment

पशुपतिमा २५ करोडः चार वर्ष अघिको मोदीको बाचा अझै पूरा भएन

पशुपतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्वीर

२९ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने भएका छन् । मुक्तिनाथबाट शनिबार बिहान साढे दश बजे प्रधानमन्त्री मोदी पशुपतिनाथ आउने कार्यक्रम छ ।

मोदीले पशुपतिनाथमा गर्ने विशेष पूजा एवं दर्शनको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपति मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै स्वागतद्वार पनि निर्माण गरिएको छ ।

मोदीले २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

तर, मोदी चार वर्षको अवधिमा तेस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि उक्त सहयोग नेपालले अझैसम्म पाएको छैन । यसअघि भूकम्प पीडितलाई भारतले घोषणा गरेअनुसारको सहयोग पनि नेपालले पाएको छैन ।

‘अर्थमा अड्कियो फाइल’

पशुपति क्षेत्रविकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डनले भने नेपालकै कारण मोदीले घोषणा गरेको सहयोग रोकिएको बताए । टन्डनका अनुसार सहयोगसम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले अनुमति दिएको छैन ।

तर पवित्र पाशुपत क्षेत्रमा भारतले बनाइदिएको अत्याधुनिक धर्मशाला भने सम्पन्न हुने अन्तिम चरणमा छ । ‘नेपाल–भारत मैत्री धर्मशाला’ तीनतारे होटलस्तरको हुनेछ । सो धर्मशाला बनाउन पशुपति क्षेत्र विकास कोषले भारतीय पक्षलाई १६ रोपनी जग्गा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment