Comments Add Comment

यस्तो गाउँ, जहाँ ४ सय वर्षदेखि बच्चा जन्मिएका छैनन्

सुन्दैमा अनौठो लाग्दछ । यो दुनियामा एउटा यस्तो गाउँ छ, जुन गाउँभित्र पछिल्लो ४ सय वर्षयता कुनैपनि बच्चा जन्मिएका छैनन् । उक्त गाउँमा श्राप परेका कारण यस्तो भएको विश्वास गाउँलेहरुको छ  ।

यो कथा भारतको मध्यप्रदेशस्थित राजगढ जिल्लामा पर्ने सांका श्यामजी नामक गाउँको हो । यो गाउँमा यस्तो श्राप परेको छ की जसका कारण गाउँका महिलाहरुले पछिल्लो ४ सय वर्षद्येखि आफ्नो गाउँमा बच्चा जन्माउन पाइरहेका छैनन् ।

गाउँमाथि भगवानको श्राप रहेको अन्धविश्वास जनमानसमा कायम छ, जसका कारण यो गाउँको सिमानाभित्र महिलाले बच्चा जन्माउन पाउँदैनन् ।

त्यसोभए के ४ सय वर्षदेखि गाउँमा कोहीप्नि नयाँ मान्छे थपिएको छैन त ? अनि ४ सय वर्षदेखि मान्छे नजन्मिँदा त्यो गाउँमा अहिले भएका मानिसहरु कहाँ बाट आए त ?

वास्तवमा गाउँका महिलाहरुले आफ्नो गाउँभित्र बच्चा जन्माउन पाउँदैनन् र बच्चा जन्माउनका लागि गाउँका सिमाना बाहिर जानु पर्दछ । बच्चा जन्मिएपछि भने परम्परागत संस्कार पूरा गरी आमा र बच्चा गाउँ फर्किन पाउँछन् ।

यदि गाउँभित्र कसैले बच्चा जन्माउने कोसिस गरेमा या त बच्चा अपांग जन्मिने वा आमा र बच्चाको ज्यान जाने विश्वास गाउँलेहरुमा छ ।

किम्बदन्ती अनुसार १६ औँ सताब्दीमा उक्त गाउँका महिलामाथि श्राप परेको हो । १६ औँ सताब्दीतिर उक्त गाउँमा भगवानले मन्दिर स्थापना गरेछन् । मन्दिरभित्र देवी देवता विराजमान थिए । गाउँका महिलाहरुले कुटानी पिसानी गर्नुपर्दथ्यो । त्यसो गर्दा ठूलै आवाज आउँदथ्यो । सोही आवाजका कारण मन्दिर भित्रका देवी देवताहरुको ध्यान भंग भएछ । जसका कारण रिसले चूर भई गाउँका महिलाहरुलाई देवताले श्राप दिएछन् की अबदेखि कुनैपनि महिलाले गाउँमा बच्चा जन्माउन नपाउन् ।

गाउँलेका अनुसार अहिले आधुनिकता सँगै उक्त गाउँका ९० प्रतिशत प्रसुति अस्पतालमै हुने गरेका छन् । आकस्मिक रुपमा गर्नुपर्ने अरु १० प्रतिशतमा मात्र परम्पराको पालना हुने गरेको छ । जसमा गर्भवती महिलालाई गाउँ बाहिर बनाइएको एउटा झुप्रोमा लगेर प्रसुति गराउने गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment