Comments Add Comment

रक्षामन्त्री पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा जेष्ठ नागरिक आवास केन्द्र बनाउने


३० वैशाख, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रममार्फत लोककल्याणकारी राज्य स्थापना गर्नतर्फ अघि बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय लाइन्स क्लवद्वारा काठमाडौंको धुम्बाराहीमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा उनले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रममार्फत जनताको हितमा काम गर्ने अठोट व्यक्त गरे ।

‘विगतमा हामीले लोककल्याणकारी काम गर्ने खोज्दा कनिका छरेको भनेर खुबै गाली गरियोे, तर हामी भन्छौं-राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो । नाफामा मात्रै राज्य कुद्नुहदैन । जनताको हितमा काम गर्नुपर्छ । वृद्धाहरुको रक्षा लोककल्याणकारी कामको महत्वपूर्ण अंग हो’ उनले भने ।

जेष्ठ नागरिकलाई वृद्धभत्ता मार्फत सम्मान गर्नुपर्छ भन्ने मनमोहन अधिकारी नेतृत्वको सरकारले सिकाएको संस्कारले नयाँ पुस्तालाई अभिप्रेरणा गरिरहेको भन्दै रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल अवधिभर काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा जेष्ठ नागरिक आवास केन्द्र बनाउने योजना रहेको पनि सुनाए ।

‘म सबै जेष्ठ नागरिकलाई साक्षी राखेर भन्न चाहन्छु, मेरो यो कार्यकालमा एउटा राम्रो खालको जेष्ठ नागरिक बस्न सक्ने, त्यहाँ आएर आराम गर्ने सक्ने एउटा एउटा महत्वपूर्ण केन्द्र बनाउने योजना छ’ रक्षामन्त्री पोखरेलले भने ‘त्यसका लागि स्थानीय तहका साथीहरुले आवश्यक सहयोग र समन्वय चाहिन्छ । त्यो भवन निर्माण गर्ने जिम्मा अव हाम्रो भयो ।’

उनले मनमोहन अधिकारीको नाममा एउटा जेष्ठ नागरिक भवन निर्माण गर्नुपर्छ भन्ने आफ्नो भावी योजना उक्त कार्यक्रममा सुनाए ।

कार्यक्रममा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार भैरव अर्याल, भद्रा घले, हेमराज ज्ञवालीलगायतका पुराना अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment