Comments Add Comment

फर्निचर किन्दा ध्यान दिनुपर्ने कुराहरू

नयाँ घरमा सरिँदै छ वा घरको पुरानो डेकोरेसन चित्त बुझेको छैन् भने नयाँ फर्निचर किन्ने सोच पक्कै  होला । नयाँ फर्निचर किन्ने क्षण धेरै नै उत्साहपूर्ण समेत हुन्छ ।

हिजोआज फर्निचरको मूल्य धेरै नै महँगो छ तसर्थ आफ्नो बजेटअनुसार सबैभन्दा राम्रो फर्निचर किन्न केही विशेष कुरामा ध्यान दिनुपर्छ । फर्निचर स्टोरमा गएर जुन मन लाग्यो त्यही फर्निचर किन्नुभन्दा पनि आफूलाई कस्तो खाले फर्निचर चाहिएको हो र कतिसम्म आफ्नो बजेट हो त्यही अनुसार किन्ने योजना बनाउनुपर्छ ।

यस्ता छन् फर्निचर किन्दा ध्यान दिनुपर्ने कुरा

आफ्नो ठाउँ नाप्ने

सबैभन्दा पहिले आफ्नो कोठाको नाप लिने । आफूले लिन खोजिएजस्तो साइजको फर्निचरको आकार दाँज्ने । सामान्यत आँखाले हेेरेर नै आकारको अनुमान लगाउन सकिन्छ जस्तो लाग्छ, तर यसरी हचुवामा किन्दा धेरै नै फरक पर्न सक्छ ।

त्यसैले यसलाई राम्रोसँग नाप्नैपर्छ । आफूसँग उपलब्ध कोठाको नाप भएपछि मात्र आफूले खोजेजस्तो सामान खरिद गर्न सजिलो हुन्छ र कोठामा फिट नहुने फर्निचर किन्ने सम्भावना कम हुन्छ ।

आफूले चाहेको जस्तो डिजाइन निर्धारण गर्ने

हालका वर्षहरूमा फर्निचरका नयाँ नयाँ डिजाइनहरू आउन थालेका छन् । आधुनिक, परम्परागत, एन्टिक वा अरूभन्दा नौलो जस्तो खालका फर्निचर राम्रोसँग खोज्दा जति पनि पाउन सकिन्छ ।

फर्निचर स्टोरको मानिसले विभिन्नथरिका सामान देखाउन सक्छन् । यस्तोमा उनीहरूको बहकाउमा आएर आफूलाई अनुपयुक्त हुने खालको फर्निचर किन्ने सम्भावना पनि अधिक हुन्छ । त्यसैले किन्न जानुभन्दा पहिले नै कस्तो खालको फर्निचर किन्ने हो त्यसबारेमा एक सोच बनाउनुपर्छ । यसो गर्दा आफूलाई कस्तो फर्निचर चाहिएको हो त्यो छान्न सजिलो हुन्छ ।

रंगमा पनि ध्यान दिने

चम्किलो रंग र धेरै बुट्टाहरू देख्नलाई केही समय राम्रा लाग्छन् तर पछि बिस्तारै आउटडेटेड हुन्छन् । फर्निचर किन्दा धेरै समयसम्मको लागि हुने गरेर रंग छान्नुपर्छ । फर्निचर खरिद गर्नका लागि बजारमा जाँदा धेरै वर्षसम्म टिक्ने खालको र आकर्षक रंगको किन्नुपर्छ । ता कि त्यसलाई पछि फेर्न नपरोस् । फर्निचरमा राम्रो तटस्थ रंग होस् जसमा आफूलाई मनपर्ने रंगको बुट्टा भए झनै राम्रो ।

आफ्नो जीवनशैलीलाई ख्याल गर्ने

एक एन्टिक क्रिम रंगको मखमलको काउच किन्नेबारे सोचिएको होला । घरमा बालबालिका छन् वा केही घरपालुवा जनावर छ भने त्यस्तो काउच धेरै दिन टिक्न सक्दैन । लामो समयसम्म प्रयोगको लागि वा धेरै प्रयोग हुने फर्निचर उच्च गुणस्तरको र कम प्रयोग गरिने फर्निचर भने कम गुणस्तरको किन्दा ठीक हुन्छ ।

फर्निचरको गुणस्तरमा ध्यान दिने

फर्निचर हेर्दा आफ्नो बजेट अनुसार फर्निचरको गुणस्तमा ध्यान पनि दिनुपर्छ । वर्षौं टिक्ने खालको फर्निचर किन्ने कुरा सोचिएको छ भने बुझ्नैपर्छ- फर्निचर तीनथरि गुणस्तरमा आउँछ । जस्तो राम्रो खालको काठ, भेनिस्ट र प्लाइउड/पार्टिकल बोर्डको फर्निचर बजारमा पाइन्छ ।

बलियो खाले फर्निचर चाहने हो भने काठको लिनुपर्छ । भेनिस्टर उच्च गुणस्तरको काठमा कोट गरिएको प्लाइउडभन्दा राम्रो हुन्छ । प्लाइउड काठका टुक्रा र धुलोलाई कम्प्रेस्ड गरेर बनाइएको हुन्छ ।

गद्दी भएको फर्निचर किन्ने हो भने त्यसको बेस कस्तो छ, कस्तो सामग्री राखिएको छ र सपोर्ट सिस्टम कस्तो छ भन्ने बारेमा पनि ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment