Comments Add Comment

फेसबुकले बन्द गर्यो २ सय एप्स, कुन-कुन परे ?


प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन गरेको छ ।

प्रयोगकर्ताका डाटा लिक भएको काण्डमा विवादित बनेको फेसबुकले डाटा गोपनियताका लागि सख्त कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो ।

फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन । तर ती एपका डेभलपरलाई त्यसबारेमा जानकारी गराइसकिएको जनाएको छ ।

ती एपहरुले प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकको प्रडक्ट पार्टनरसीप विभागका उपाध्यक्ष इमी आर्चिबोंगले जनाएका छन् ।

फेसबुकले अन्य हजारौँ एपहरुमाथि हाल निगरानी गरिरहेको जनाएको छ ।

गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।

फेसबुक प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने सबै एपहरु पत्ता लगाउन अझै धेरै काम बाँकी रहेको आर्चिबोंगले जनाएका छन् । उनका अनुसार यस विषयमा शिघ्र रुपमा अनुसन्धान गर्नका लागि आन्तरिक र बाह्य विज्ञहरुको समूह खटाइएको उनको भनाइ छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment